प्रहरी कार्यालय
जिल्ला न.प.(पूर्व) मध्यविन्दु न.पा.१२ बेलाहानी बस्ने बर्ष ६०।६५ को तुल बहादुर कुमाल आफ्नै २ तले जस्ताले छाएको कच्ची घरको माथिल्लो तलाको कोठामा काठको बलोमा प्लास्टिकको पासो लगाई झुण्डि मृत अवस्थामा रहेको साथै निजको श्रीमति बर्ष ५०।५५ की मिना कुमाल अर्को कोठाको विस्तारामा सुतिरहेकी मृत अवस्थामा टाउकोमा रगत जस्तो रातो तरल पदार्थ बगी जमेको अबस्थामा देखिएको, घरमा श्रीमान श्रीमती मात्र बस्ने भनि बुझीएको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला बागलुङ बागलुङ न.पा.३ सुलडाँडा रुम्टा बस्ने राजु पौडेलको श्रीमती बर्ष २६ की सुनिता पौडेल आफ्नै घरको आफू सुत्ने कोठाको काठको बलोमा प्लाष्टिकको डोरीको पासो घाटीमा लगाई झुण्डि मृत्यु भएको ,कारण नखुलेको,निजले डिप्रेशनको औषधि समेत सेवन गर्ने भन्ने बुझिएको, प्रहरी द्वारा थप अनुसन्धान कार्य भइरहेको ।
जिल्ला कास्की पोखरा-१० इन्द्रचोक स्थितमा ग १६ प ४६७४ नं. को स्कुटर र ग २४ प ८२५६ नं. को स्कुटर एकआपसमा ठक्कर खाँदा ग २४ प ८२५६ नं. को स्कुटर चालक पोखरा-१४ कैलाश टोल बस्ने बर्ष १९ को सुवास कडेंल घाईते भई उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाएको, दायाँ हातमा चोट अवस्था मध्यम ।
जिल्ला कास्की अन्नपूर्ण गा.पा.२ ढिकुर पोखरी बस्ने वर्ष २७ की सुमित्रा भण्डारी आफू सुत्ने कोठा भित्र फलामको ट्रसमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा छ भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी ७ जनाको टोली खटि गई थप अनुसन्धान भईरहेको ।
जिल्ला तनहुँ शुक्लाण्डकी न.पा.१२ फिरफिरे स्थित मकै खोरे जङ्गलमा नाम,थर,वतन नखुलेको वर्ष अंदाजी ५० को पुरुष ब्याक्ति मृत अबस्थामा रहेको छ भन्ने खबर प्राप्त हुन साथ (SOCO) को सहित ७ जनाको टोली खटि गई घटना स्थलमा अनुशन्धान कार्य भईरहेको ।
मिति २०८१।०१।०८ गते १३:०० बजे जिल्ला न.प.(पूर्व) बौद्वीकाली गा.पा.३ थोत्रेनी बस्ने रेवत सारुको छोरी वर्ष १७ की लक्ष्मी सारु र वर्ष १४ की नरिना सारु घर नजिकैको धारामा नुहाउन गएको र हाल सम्म सम्पर्कमा नआएको भन्ने खबर ०९ गते ०७:०० बजे जानकारी प्राप्त हुनासाथ ५ जनाको टोली खटि गई खोजतलास गर्ने क्रममा धारामा कपडा सुकाएको अवस्थामा र ऐ स्थित रहेको काली गण्डकीको किनारमा दुबै जनाको चप्पल र ३० रुपैया पैसा ढुंगाले च्यापेर राखेको अवस्थामा फेला परेको,निजहरुको खोजतलास कार्य भईरहेको ।
जिल्ला कास्की पोखरा-३० शिशुवा स्थित हाल नाम थर वतन नखुलेको अन्दाजी वर्ष ४५ को पुरुष व्यक्ति अचेत अवस्थामा रहेको छ भन्ने सूचना प्राप्त हुन साथ प्रहरी टोली खटिई गई उपचारको लागी पश्चिम क्षेत्रिय अस्पताल ल्याएकोमा उपचारको क्रममा २१:४५ बजे मृत घोषणा गरेको ,शव सोही अस्पतालमा रहेको ।
पोखरा-७ बुलौदी स्थितमा ग ८ प ८६७१ नं. को बुलेट मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटना हुदाँ चालक बर्ष ३० को बिकास पौडेल घाईते भई उपचारको लागी गण्डकी मेडिकला कलेज पठाएको, टाउको निधारमा चोट, सिरियस, मा.प.से गरेको ।